भरतपुर, ११ वैशाख ।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले २७६५ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १२८५ मत प्राप्त गरेका छन् । भट्टराईलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत समर्थन रहेको छ ।
यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८२० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।
अन्य उम्मेदवारले भने २० मत पनि कटाउन सकेका छैनन् । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।