भरतपुर, १० वैशाख ।
चितवन निर्वाचन क्षेत्र नम्बर- २ मा हालसम्म ४८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्ममा ५८ हजार मत खसिसकेको छ ।
`५८ हजार अर्थात् ४८ प्रतिशत मत खसिसकेको छ,´ कार्कीले भने । चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् ।
चितवन-२ मा दलबाट १२ र स्वतन्त्र १० गरी कुल २२ उम्मेदवार चुनावी मैदानमा छन् । चितवनमा मतदान स्थल ४३ र मतदान केन्द्र १३८ रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने मुख्य उम्मेदवार रहेका छन् ।