भरतपुर, जेठ १ गते ।
भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै एमालेका कार्यकर्ताले भरतपुरमा प्रदर्शन गरेका छन । एमालेका कार्यकर्ताको अगुवाइमा मतगणना स्थल कबर्ड हल मा प्रदर्शन भयको कायाकैरनकर्मी बिप्लब काफ्लेले जानकारी दिय । उनिहरुले निर्बाचन आयोग बिरुद्द नाराबाजी गरिरहेका छन । निर्बाचन अधिकृत खवरदार ,जनता एकता जिन्दाबाद ,जनता ढग्न पाइदैन नेताहरु होशियार भन्दै नाराबाजी गरिरहेका छन ।
वडा तहबाट शिलबन्दी गरेर र उठाइएको मुचुल्का अनुसार मतपत्र गन्ने कि, मतपेटिकामा भएको सबै मत गन्ने भन्ने विषयमा दलहरु र मतदान अधिकृत विच सहमति जुटन नसके पछि मतगणना अनिश्चित हुन पुगेको हो । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपेटिकामा भएको सबै मतहरु गन्ने प्रस्ताव राखेका थिए तर दलहरुले भने मुचुल्कामा उठाइएको विवरणलाई नै अन्तिम मानेर मत गन्नुपर्ने प्रस्ताव राखेका थिए । प्रस्ताव अनुसार दलहरु सहमत नभए मतपेटिका हेलिकप्टर मार्फत काठमाडौ लगेर भएपनि मतगणना गर्ने निर्बाचन अधिकृतले बताएका छन ।