भरतपुर, ६ वैशाख ।
चुनावी सभालाई सम्बोधन गर्न सत्ता गठबन्धन चार दलका प्रमुख नेता चितवन आउँदैछन् । वैशाख १० गते हुने उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जितनारायण श्रेष्ठलाई जिताउन भन्दै कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुख सहित मुख्य नेता पदमपुर आउन लागेका हुन् ।
वैशाख ७ गते बिहिवार दिउँसो ३ बजे कालिका नगरपालिका- ४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनको चुनावी सभा हुँदैछ । सभामा नेकपा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथिको रुपमा आउँदै छन् । सभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजबादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि सम्बोधन गर्दैछन् ।
सबै नेताहरू बाराबाट चितवन आउँदैछन् । त्यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालाले सम्बोधन गर्नेछन् । कार्यक्रमको सबै तयारी पूरा भएको नेपाली काङ्ग्रेस चितवनका सचिव सूर्य अर्यालले बताए ।