काठमाडौँ, २३ चैत ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । साथै आज नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन समय दिने र त्यसपछिको समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गरिनेछ ।