२४ कात्तिक ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट निर्वाचनमा महिला उम्मेदवार बनाउन नसक्नु बाम गठबन्धनको कमजोरी भएको स्वीकार गरेका छन् । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ(क्रान्तिकारी) ले भरतपुरमा आयोजना गरेको संयुक्त भेलामा उनले महिलालाई हेर्ने दृष्टिकोणमा कहिँ न कहिँ खोट छ भन्ने प्रमाण भएको बताए ।
“जागरुप र संघर्षशील महिला भएको चितवनमा एउटा पनि महिला उम्मेदवार बनाउन नसक्नु हाम्रो कमजोरी भएकै हो”, उनले भने, “आउने दिनमा कमजोरी सच्याइनुपर्छ, सच्याइनेछ, सच्याउन पहल गरिने छ ।” उनले प्रदेशतर्फ ६ जना मध्ये २ जना उम्मेदवार बनाउन सके देशभर राम्रो सन्देश जाने वातावरण बन्ने अवसर गुमेको बताए । “२ वटा कम्युनिष्ट पार्टी मिल्दा नेपालमा ३३ प्रतिशत संसदमा पुग्ने व्यवस्था सुनिश्चित गर्न सफल भयौँ”, उनले भने, “देशका ५ वटा प्रमुख संवैधानिक पदमध्ये ३ जना महिला बामपन्थीकै कारण भएको बिर्सन मिल्दैन ।”
उनले संसद्मा, राजनीतिक नियुक्तिमा र संवैधानिक पदमा बामपन्थीका पार्टीले महिला प्रतिनिधित्व बढी गराउन गम्भीर हुने आश्वासन दिए । कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वाम गठबन्धनले मात्रै देशको नयाँ भविष्य कोर्ने बताए । उनले समानताको र शोषण विरुद्ध लड्न महिला वर्गको भूमिका महत्वपूर्ण हुने बताए । उनले कांग्रेस नेतृत्वमा सरकारमा एमाले, माओवादी जाँदा कब्जा नहुने ठान्ने कांग्रेसले दुई वामपन्थी मिल्दा अधिनायकवाद र सत्ता कब्जा भनेर भन्न नमिल्ने बताए ।
महिला उम्मेदवार नबनाइनु कमजोरी
महिला उम्मेदवार नबनाइनु कमजोरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस