प्रेमले जे पनि सम्भव बनाउ“छ । मनमा प्रेम भए मात्र मान्छेले भलो चिताउने हो । कसैप्रति माया नै छैन भने ऊ किन अरुको बारेमा सोचोस् ? माया गर्नका लागि खास बेला, समय वा परिवेश चाहिंदैन ।
प्रेम शक्तिशाली छ । कयौं ठूला मतभेद पनि प्रेमले साम्य पारिदिन्छ । कयौं ठूला युद्धभन्दा प्रेमभावको जित ठूलो हुन्छ । १४ फ्रेबुअरीको दिन आज विश्वभर प्रेमको प्रतीकका रुपमा ‘भ्यालेन्टाइन्स डे’ अर्थात प्रणय दिवस मनाइदै छ । नेपालमा पनि यसको प्रभाव बेस्सरी परेको छ । पश्चिमी समाजमा आजको दिनमा दिन प्रेमी–प्रेमिका एक–अर्कालाई भ्यालेन्टाइन्स कार्ड र रातो गुलाबको फूल दिएर आफ्नो माया अभिव्यक्त गर्छन् । पूर्वीय संस्कृतिमा हुर्किएका हामी नेपाली धेरैका लागि यो दिवसको बारेमा त्यति धेरै चासो त नहोला । तर, दिवस भनेर रमाउने पनि धेरै नै छन् । पछिल्ला वर्षहरुमा आएर नेपाली युवा समुदायमाझ यो दिवसले बडो महŒव पाउँदै जान थालेको छ । मनमा प्रेमभाव पलाउने तर अभिव्यक्त गर्न नसक्नेहरुका लागि यो दिवस एउटा उपयोगी दिनका रुपमा पनि विकसित हुँदै गएको छ ।
भ्यालेन्टाइन्स डेको सुरुआतको प्रसंग रोचक छ । यसको प्रचलन सन्त भ्यालेन्टाइनको नामबाट भएको हो । १९ औं शताब्दीदेखि नै आजसम्म विभिन्न सन्देशले भरिपूर्ण ग्रिटिङ्स कार्डको आदानप्रदान गरिदै आइएको छ । युवापुस्तामाझ पछिल्लो समयमा यो दिवसप्रति आकर्षण बढ्दै गएको छ । यही दिवसका लागि भनेर विभिन्न उपहारका सामग्रीहरु पनि तयार गरिन थालेका छन् भने सहरमा विभिन्न कार्यक्रम आयोजना हुन थालेका छन् । विभिन्न पश्चिमा देशमा यो दिन सार्वजनिक विदा नै दिन थालिएको छ । पहिलोपटक अमेरिकामा भ्यालेन्टाइन्स दिवसमा विदा दिन थालिएको हो । सन्त भ्यालेन्टाइनबारे अझै विश्वमा एकै धारणा बन्न सकेको छैन । कम्तीमा तीन भ्यालेन्टाइन थिए भन्ने किम्बदन्ती रहीआएको छ । तर, यी सबै भ्यालेन्टाइनबीच एउटा समानता छ कि उनीहरु तिनैले आफ्ना प्रेमिकाका लागि प्राण त्याग गरेका थिए । त्यो पनि एउटै दिन, फेब्रुअरी १४ तारिख । उनीहरुकै सम्झनामा विश्वभर नै आजका दिन प्रेम दिवस मनाइन्छ ।
प्रेमले जे पनि सम्भव बनाउ“छ । मनमा प्रेम भए मात्र मान्छेले भलो चिताउने हो । कसैप्रति माया नै छैन भने ऊ किन अरुको बारेमा सोचोस् ? माया गर्नका लागि खास बेला, समय वा परिवेश चाहिंदैन । गर्नेले जहिले पनि माया गरिरहेको हुन्छ । तर, सधैं एकआपसमा द्वेष र इष्र्याभाव जागृत हुने क्रम बढ्दै गइरहेको अहिलेको सन्दर्भमा प्रेम दिवसलाई सकारात्मकरुपमा ढाल्न सकियो भने यसले सुसंस्कृत र सभ्य समाज निर्माणमा पनि सहयोग पुग्न जान्छ । प्रेम दिवसको मर्म र भावनालाई आत्मसात गर्दै सानातिना मतभेदहरुलाई त्यागेर सबैमा प्रेम र सद्भाव जगाउन सकियो भने सबै नेपालीले चाहेको जस्तो दिगो शान्ति र सहमतिको संस्कार निर्माणमा सघाउ पुग्न जाने देखिन्छ ।