२२ कात्तिक । नेपाली काँग्रेसले वाम गठवन्धनका नाममा व्यवस्था परिवर्तन गर्ने तथा कम्युनिष्ट अधिनायकको सपना देखे एमाले र माओवादीको लागि यो अन्तिम चुनाव हुने चेतावनी दिएको छ ।
नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक बालकृष्ण खाँडले कम्युनिष्ट शासन ल्याउने तथा निरंकुशता लाद्ने सपना देखे यो चुनाव एमाले र माओवादीका लागि अन्तिम चुनाव हुने चेतावनी दिए ।
कम्युनिष्ट गठवन्धनको नाममा संविधान वदल्ने, व्यवस्था बदल्ने, निरंकुश र अधिनायकवाद लाद्ने दिवास्वप्न देख्नेहरु आफै सकिने खाँडले बताए । नेपाली काँग्रेसले एमाले र माओवादीले जस्तो देशलाई प्रयोगशाला हैन सबैले गौरव गर्न सक्ने नेपाल बनाउने उनको भनाई छ । उनले देशमा साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुले राष्ट्रियतामाथि धावा वोलेको आरोप लगाए ।
उनले आगामी निर्वाचनमा बामगठन्धनको बहुमत आउनै नसक्ने ठोकुवा गरे । खाँणले काँग्रेसले समानुपातिकतर्फ ४५ प्रतिशत मत ल्याउने र ८० सिट भन्दा वढी प्रत्यक्षमा पनि जित्ने दावी गरे ।nepaliheadlines