२१,कात्तिक। केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीले बताएका छन् । सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका सरकारी अधिकारहरुगको पहिलो बैठकमा चीन नेपाल अन्तरदेशीया रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।
चीनको नेसनल रेलवे उडमिनस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसंग सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो ।