२० कार्तिक काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको आवास समस्या फेरी बल्झिएको छ । उनलाई १५ दिन भित्र घर खालि गरिदिन घरबेटीले अल्टिममेटम दिएका छन् । यादव बस्दै आएको ललितपुर महानगरपालिका वडा नं ४ बागडोलका घरधनी रविभक्त विष्टले आज एक सूचना प्रकाशित गरी आफ्नो घर खाली गरिदिन आग्रह गरेका हुन् ।
घरधनी विष्टले गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय तथा पूर्व राष्ट्रपतिबाट घर वहाल स्म्बन्धी सम्झौता नविकरण नगरेको तथा बिल भुक्तानी नगरेको सूचनामा बताएका छन् ।