भरतपुर, १६ मंसिर ।
निर्वाचन आयोगकाअनुसार शुक्रबार बिहानसम्म समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याउने पार्टी नेकपा एमाले छ । एमालेले अहिलेसम्म समानुपातिकमा २७ लाख ७३ हजार ९९९ मत पाउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।
त्यसैगरी माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१ मत पाएर पाँचौ स्थान बनाएको छ ।
हालसम्म जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर सातौं पार्टी बनेको छ ।
कुनैपनि पार्टीले राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत कटाउनुपर्छ । यो हिसाबमा अहिलेसम्म ३ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत गरी सात पार्टी रहेका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने थ्रेसहोल्ड कटाउने प्रयासमा छ । यद्यपि अहिलेकै अनुपातमा यो पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ । यो पार्टीले शुक्रबार बिहानसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । उसलाई थ्रेसहोल्ड कटाउन अझै २० हजारको हाराहारीमा मत चाहिने देखिन्छ ।