भरतपुर, ६ मंसिर ।
चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
इच्छाकामना गाउँपालिकाको मतगणना हुँदासम्म तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कालिका नगरपालिकाको मतगणना थालेपछि पोखरेललाई १२८ मतले पछि पार्दै अघि लागेका हुन् । लामिछानेले ४,००७ मत ल्याउँदा पोखरेलले ३,८७९ मत ल्याएका छन् । यस्तै काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३,४१० मत ल्याएका छन् ।