भरतपुर, ५ मंसिर ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रतालाई कायम राखेका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ को मतगणना सकिँदा पोखरेलले ५ सय ५४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ सय ९७ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले भने इच्छाकामना वडा नं १ बाट ८७ मत मात्र पाएका छन् । १ हजार ६ सय १४ मतदाता रहेको सो वडामा १ हजार १ सय २६ मत खसेका थिए । खसेका मतमध्ये ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।