भरतपुर, १८ कात्तिक
भरतपुर-२९ का युवाहरूकाे समूहले तिहारमा देउसीभैलाे खेलेर संकलन गरिएकाे पैसाले साना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
जुगेडी देउसीभैलाे टिमले संकलन गरेकाे दान रकमबाट स्थानीय कविलास माध्यमिक विद्यालयमा शिशु कक्षामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएकाे हाे । शुक्रबार विद्यालयमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि भरतपुर-२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङमार्फत उक्त समूहले २६ जना बाबुनानीलाई शैक्षिक सामग्री दिए ।
विद्यालय झाेला, कपी, कलम तथा चित्रकलाका सामग्री प्रदान गरिएकाे जुगेडी सुविधानगर भतेरी टाेल सुधार समिति अध्यक्ष शब्दान थापाले जानकारी दिए । देउसी खेलेर संकलित रकम अन्यत्र खर्च गर्नुभन्दा शैक्षिक सामग्री वितरण गर्दा ज्यादै उपयाेगी हुने देखेर वितरण गरिएकाे उनले बताए । देउसीभैलाेबाट ९१ हजार संकलन भएकाेमा बाँकी पैसाबाट केही रकम टाेलमा रात्रि बत्ती खरिद गर्ने निर्णय पनि भएकाे उनले बताए ।
वडाध्यक्ष गुरुङले देउसीभैलाेकाे रकम शैक्षिक सामग्रीमा खर्च गर्नु एकदमै सकारात्मक भएकाे बताए । विद्यालयका निमित्त प्रधानाध्यापक राजु कुमार सापकाेटाले विद्यालयमा विपन्न विद्यार्थीकाे बाहुल्यता रहेकाेले यस्ता सहयाेगले ज्यादै महत्त्व राख्ने बताए । शिशु सहयाेगी कार्यकर्ता संगिता गुरुङले शिशु पढ्ने विद्यार्थीलाई शैक्षिक सामग्री दिँदा सुरुआतबाटै विद्यार्थीमा सकारात्मक भावना विकास हुने बताइन् ।