भरतपुर, १४ कात्तिक
सम्पूर्ण शक्तिको स्रोत मानिएको उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वलाई समापन गरिएको छ ।
पञ्चमी तिथिका दिन राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ ।
यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीनपटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए ।
पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीरमात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘
चितवनको नारायणी नदी किनारमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदा विनोदबाबु रिजाल पनि पुगेका थिए । हेरौँ उनले खिचेका केही तस्बिरहरू :