भरतपुर, १३ कात्तिक
चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन २०७९ मा चुनाव लड्दै गरेका रवि लामिछानेले नारायणी नदी किनारमा छठ पूजा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रहेका लामिछानेले आइतबार साँझ नारायणी किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । उनी पत्नी निकितासहित नारायणी किनार पुगेका थिए । रवि पुग्दा सयौँ शुभेच्छुकले घेरेका थिए । तिनीहरूले करिब आधा घण्टा रविलाई घेरिरहे ।
रविले पत्नीसहित विधिपूर्वक पूजा गरे । पूजा गरेपछि उनले छठिया माईकी जय नारा लगाएका थिए । हेुर्नुहोस् विनोदबाबु रिजालले खिचेका फोटोहरू