भरतपुर, जेठ १
चितवनका ४ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको जानकारी अनुसार खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिकामा मतगणना सुरु भएको छ । खैरहनी र रत्ननगरमा नगरपालिकाका कार्यालय, माडीमा माडी क्याम्पसमा मतगणना कार्य चलिरहेको छ ।
विहान ११ः ३० बजेसम्म भरतपुर महानगरपालिकामा मतगणना सुरु हुन सकेको छैन । सर्वदलिय बैठक ढिलो गरी सुरु भएपछि मतगणना कार्य अझै सुरु हुन नसकेको हो । कवर्ड हल भरतपुरमा मतगणना कार्य केहिबेर पछि सुरु हुने स्रोतले जनाएको छ । सर्वदलिय बैठकमा नेताहरुले भाषणका रुपमा आफ्ना भनाई राख्न थालेपछि मतगणना सुरु हुन नसकेकोे हो ।भरतपुर महानगरमा दिउसो १ बजेबाट मतगणना सुरु हुनसक्ने स्रोत जनाएको छ । मतगणना सुरु भएका क्षेत्रमा उच्च सुरक्षा दिइएको छ । चितवनमा ३ लाख १३ हजार २ मतदाता छन् । जसमध्ये आधा बढी मतदाता महानगरका छन् ।
चितवनका नगरमा मतगणना सुरु, महानगरमा विलम्ब (अपडेट)
चितवनका नगरमा मतगणना सुरु, महानगरमा विलम्ब (अपडेट)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस