१३ कात्तिक । अर्बपति विनोद चौधरी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार बनेका छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सांसद रहेका अर्बपति चौधरी एमाले छोडेर कांग्रेसको उम्मेदवार बनेका हुन् ।
स्रोतका अनुसार आइतबार कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिको बन्दसूचीमा चौधरीको नाम रहेको छ । एमालेसँग निकट भएपनि चौधरीले कांग्रेसले लिएको आर्थिक उदारिकरण नीतिको भने स्वागत गर्दै आएका थिए ।