१३ कात्तिक, काठमाडौ । राजनीतिक दलहरूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका छन् ।
गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरूले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूची संशोधन गर्न यही कात्तिक ६ गतेदेखि हिजोसम्मको समय दिएको थियो । समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले उम्मेदवारको बन्दसूची बुझाएका थिए ।
निर्वाचन आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यतालिक रहेको छ । बन्दसूची सच्याउने क्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलहरू हिजो अपराह्न निर्वाचन आयोग पुगेका थिए । तर दलहरुले बेलुका अबेरसम्म लगाएर नाम टुंगो लगाएको आयोग कर्मचारीहरुले बताएका छन् ।