विप्लव काफ्ले
भरतपुर, जेठ १ गते ।
चितवनमा २२ दशमलव ६७ प्रतिशत मतदाता आफ्नो मताधिकार प्रयोग गर्नबाट छुटेका छन् । चितवनमा ७० हजार ९ सय ५७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न असर्मथ बनेका छन् । वैदेशीक रोजगारी, बसाइसराई, अपायक मतदान स्थल जस्ता कारणले मतदान गर्न चाहेर पनि मताधिकार प्रयोग गर्न सकेनन् । चितवनमा कुल ३ लाख १३ हजार २ जना मतदाता छन् ।
जिल्ला निर्वाचन कार्यालयले सोमबार विहान ८ बजे उपलब्ध गराएको तथ्याङ्क अनुसार चितवनमा ७७ दशमलव ३३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले प्रारम्भिक तथ्याङक भएकाले केहि हेरफेर हुन सक्ने कायाकैरन दैनिकलाई जानकारी दिए ।
सबै भन्दा बढी मत रत्ननगर नगरपालिकामा खसेको छ । रत्ननगरमा ८० दशमलव ३३ प्रतिशत मत खसेको छ । यहाँ २२ हजार ४ सय ७० मतदाता छन् । यस्तै खैरहनी नगरपालिकामा ७९ दशमलव १८ प्रतिशत, कालिका नगरपालिकामा ७८ दशमलव प्रतिशत, राप्तीमा ७७ दशमलव ४५ प्रतिशत मत खसेको छ, इच्छाकामना गाउँपालिकामा ७६ दशमलव ४ प्रतिशत मत खसेको छ । माडी नगरपालिका ७५ दशमलव ५४ र भरतपुर महानगरपालिकामा ७५ प्रतिशत मत खसेको छ । रत्ननगरमा ३४ हजार ६ सय ६५, खैरहनी नगरपालिकामा २६ हजार ३ सय ३९, कालिका नगरपालिकामा १७ हजार ९ सय ४६, राप्ती नगरपालिकामा २३ हजार २ सय ३२, इच्छाकामना गाउँपालिकामा ८ हजार ८ सय ९२, माडी नगरपालिकामा १६ हजार ३ सय ७१, भरतपुर महानगरपालिकामा १ लाख १२ हजार ७ सय ४१ मत खसेको छ । चितवनमा २ लाख ४० हजार १ सय ८६ कुल मत खसेको छ ।
चितवनमा मत कहाँ, कति खस्यो ? पुरा विवरण सहित
चितवनमा मत कहाँ, कति खस्यो ? पुरा विवरण सहित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस