भरतपुर,९ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर नारायणगढमा समर्थनमा ¥यली तथा कोणसभा गरिएको छ । भरतपुरको चौविसकोठीबाट शुरु भएको ¥याली नारायणगढको पुल्चोकमा पुगी कोणसभामा परिणत भएको थियो । पृथ्वीनारायण शाहको तस्वीर लिदै ¥यालीमा निस्केका पूर्व राजाका समर्थकले ‘राजा ल्याउँ, देश बचाउँ, हाम्रो राजा प्राणभन्दा प्यारो छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
भजन मण्डलीसहित सहभागीहरुले राजाको पक्षमा भजनर्कितन समेत गरेका थिए । पुल्चोकमा आयोजित कोणसभामा पूर्वराजाका समर्थकहरु देवेन्द्र नेपाली, रामचन्द्र पिया, माधवप्रसाद भट्टराई, मानव सेवक, शेखरजंग रायमाझी, पदमराम पाण्डेलगायतले अबको देशको निकास र विकासका लागि पूर्वराजा शासनमा फर्कनुपर्नेमा जोड दिएका थिए । उनीहरुले राजनीतिक दलहरुले देश बर्वादीतर्फ लगेकोले पूर्वराजाको विकल्प नभएको समेत बताए ।