भरतपुर, ३१ वैशाख ।
आइतबार ३४ जिल्लामा मतदान भएपछि स्थानीय तह निर्वाचनको मतगणना आजै बेलुकिबाट सुरु गर्न निर्वाचन आयोगले भनेको छ । सबै मतदान केन्द्रबाट मतपेटिका जम्मा हुँदैछन् ।
एकत्रित भएपछि मतगणना सुरु गरिनेछ । तर, मत गन्दा अनेकखाले समस्या आउन सक्छ । कस्तो मतपत्रलाई सदर गर्ने र कस्तोलाई बदर मान्ने भन्नेमा जुनसुकै निर्वाचनमा पनि समस्या आउँछ । यसपालि पनि त्यस्तो समस्या नहोस् भन्नका लागि निर्वाचन आयोगले ११ बुँदे निर्देशिका जारी गरेको छ । त्यसमा अधिकांश निर्देशन भनेको मतपत्र सदर वा बदर के हुने भन्ने छ ।
यस्तो छ निर्वाचन आयोगको ११ बुँदे निर्देशिका: