भरतपुर, ३१ वैशाख ।
स्थानीय तहको आज भएको पहिलो चरणको निर्वाचनमा करिब ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । अघि साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कम्तीमा ७१ प्रतिशत मतदान भएको जानकारी दिए ।
यादवका अनुसार तीनवटा मतदान केन्द्रमा चुनाव हुन सकेन । दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वर मावि, काभ्रेको अन्तर्गत आइतबार भएको पहिलो चरणको निर्वाचन केही स्थानमा छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । प्रदेश ३, ४ र ६ मा भएको पहिलो चरणको चुनावमा मत हाल्न बिहानैदेखि मतदान केन्द्रमा सर्वससाधारण उत्साहजनक सहभागिता थियो ।
नमोबुद्ध ४ र कालिकोटको कालिका गाउँपालिकाको बालचौर आधारभूत विद्यालय केन्द्रमा मतदान स्थगित भएको छ । पहिलो चरणको चुनावमा दोलखा, काभ्रे, रामेछाप, हुम्ला, दैलेखमा केही केन्द्रमा केही तनाव भएको छ । अन्य स्थानमा भने चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दोलखामा मेलुङमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु र केही घाइते भएका छन् । दोलखाकै बैत्येश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका केही केन्द्रहरुमा बुथ कब्जा भएको आरोप लगोको छ । एमालेले ती स्थानको मतदान स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
हुम्लामा कांग्रेसकै आधिकारिक र बागी उम्मेदवारबीचको तनावले खार्पुनाथ गाउँपालिकाका केही तनाव भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्यो । दैलेखको भैरवी गाउँपालिकामा पनि केही तनाव भयो । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाको भोटसिपामा केही तनाव हुँदा प्रहरीले हवाई फायर गर्यो । रामेछापको दोरम्बामा तनाव हुँदा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।
अन्य स्थानहरुमा चुनावमा कुनै अप्रिय घटना भएनन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान पाँचबजे सकिएको छ । पहिलो चरणमा ३४ वटा जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा आइतबार चुनाव भएको हो । पहिलो चरणको यो चुनावबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिने छन् । उक्त पदका लागि ४९ हजार ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धी छन् ।