भरतपुर, ३१ वैशाख।
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । प्रदेश नम्बर ३, ४ र ६ प्रदेशका ३४ जिल्लाका २८१ वटा स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न आइतबार निर्वाचन भएको हो ।
स्थानीय तह निर्वाचनको पहिलाे चरणअन्तर्गत चितवनका सात स्थानीय तहमध्ये एउटा वडाबाहेक सबै ठाउँमा मतदान सकिएकाे छ ।
कालिका नगरपालिकाकाे वडा नम्बर ११ बाहेक सबै वडाका मतदान स्थल र केन्द्रमा मतदान सकिएकाे निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।
सबै मतदान केन्द्रमा साँझ ५ बजे मतदान सकिएपछि अहिले मुचुल्का उठाएर मतपेटिका सिल गरिदैछ । सिल गरिएपछि सबै मतपेटिका सम्बन्धित स्थानीय तहमा लगिनेछ र एकैठाउँ गनिनेछ । निर्वाचन अायाेगले मतपेटिका प्राप्त हुनासाथ गन्न भनेकाे छ । भरतपुर महानगरपालिकामा अाज मतगणना गर्ने सम्भावना कम रहेकाे सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । कविलासकाे पहाडी गाउँबाटसमेत मतपेटिका ल्याउनुपर्ने भएकाले ढिलाइ हुने कारणले अाज मत गन्न गाह्राे उनले उनले जनाए । भरतपुरमा कभर्डहलमा मत गनिदैछ ।
चितवनमा कति मत खस्याे भन्ने एकिन भइनसकेपनि ६५ देखि ७० प्रतिशत खसेकाे अनुमान गरिएकाे छ ।
चितवनमा करिव ७० प्रतिशत मत खस्याे, भरतपुरकाे मतगणना भाेलिमात्र
चितवनमा करिव ७० प्रतिशत मत खस्याे, भरतपुरकाे मतगणना भाेलिमात्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस