भरतपुर, १० जेठ ।
भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् । मेयर पदमा दाहाल भने पुन: निर्वाचित भएकी हुन् ।
२०७४ सालको स्थानीय चुनाव जितेर भरतपुरको प्रमुखमा एक कार्यकाल बिताइसकेकी दाहाल नै अनन्त: अबको पाँच वर्षको लागि पुनः मेयरमा निर्वाचित भएकी हुन् ।
दाहालले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले ५२०३० मत ल्याइन् भने राप्रपासँगको तालमेलबाट उम्मेदवार बनेका सुवेदीले ३९५८१ मत ल्याए ।
यता सत्ता गठबन्धनबाट असन्तुष्ट बनेर बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १४७२८ मत ल्याए ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । एमालेसँगको गठबन्धन रहेको राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले हराउँदै अधिकारी विजयी भएका हुन् ।
भरतपुरमा सत्ता गठबन्धनकविरुद्ध राप्रपा र एमालेले तालमेल गरेका थिए । मतगणनाको सुरुवाती अवस्थादेखिनै हिमलासँग मतान्तर बढाउँदै लगेका अधिकारीले भारी मतका साथ निवर्तमान वडाअध्यक्षबाट उपमेयरमा ‘इन्ट्री’ मारेका छन् ।
अधिकारीले ५२ हजार ८०३ मत ल्याए भने गुरुङले ३० हजार ६१२ मत ल्याए । उपमेयरमा निर्वाचित अधिकारी भरतपुर महानगरका नेपाली काँग्रेसका नगरसभापति समेत हुन् ।
स्थानीय निर्वाचनका क्रममा सिंगो मुलुकको चासो बनेको भरतपुर महानगरको अन्तिम मतपरिणाम पनि आएको छ । भरतपुरका २९ वडामध्ये नेपाली कांग्रेसले १६, एमालेले ६ अनि माओावदी केन्द्र र नेकपा समाजवादीले ३/३ र एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । यसअघि एमाले एक्लैले १४ वडा जितेको थियो ।
नेपाली काँग्रेसले १२ र माओवादीले ३ वडा जितेको वडा जितेको थियो ।
वडा नम्बर १ देखि २९ सम्मका विजयी वडाअध्यक्षहरु
वडा नम्बर १- केशव महर्जन (नेपाली काँग्रेस)
वडा नम्बर २ – मनोज रानाभाट(नेपाली काँग्रेस)
वडा नम्बर ३- विकास थापा (नेकपा एमाले)
वडा नम्बर ४- अर्पण पोख्रेल(नेपाली काँग्रेस)
वडा नम्बर ५- युद्धप्रसाद श्रेष्ठ (नेपाली काँग्रेस)
वडा नम्बर ६- कृष्णलाल श्रेष्ठ (नेपाली काँग्रेस)
वडा नम्बर ७- राजेन्द्रमणी काफ्ले(नेकपा एकीकृत समाजवादी)
वडा नम्बर ८- जीवनाथ कंडेल (नेपाली काँग्रेस)
वडा नम्बर ९- यमलाल कँडेल ( नेकपा एकीकृत समाजवादी)
वडा नम्बर १०- परमेश्वर खनाल (नेपाली काँग्रेस)
वडा नम्बर ११- कमलबहादुर मल्ल (नेकपा एमाले)
वडा नम्बर -१२ लेखराज पन्त (नेकपा एमाले)
वडा नम्बर १३- प्रकाश दवाडी (नेकपा माओवादी केन्द्र)
वडा नम्बर १४- राजेन्द्र साखी (नेपाली काँग्रेस)
वडा नम्बर १५- श्रीकृष्ण देवकोटा (नेपाली काँग्रेस)
वडा नम्बर १६- अमृतराज हमाल (नेपाली काँग्रेस)
वडा नम्बर १७- ललितमान तामाङ (नेपाली काँग्रेस)
वडा नम्बर १८- बाबुराम रानामगर (नेकपा एमाले)
वडा नम्बर १९- प्रकाश तामाङ (नेकपा एमाले)
वडा नम्बर २०- मुक्तिप्रसाद घले (नेपाली काँग्रेस)
वडा नम्बर २१- कृष्णकुमार गुरुङ (नेपाली काँग्रेस)
वडा नम्बर २२- बिष्णु महत्तो (नेकपा एकीकृत समाजवादी)
वडा नम्बर २३- दीपक दवाडी (नेपाली काँग्रेस)
वडा नम्बर २४- रामप्रसाद गोदार (नेकपा माओवादी)
वडा नम्बर २५- छविलाल सापकोटा (स्वतन्त्र)
वडा नम्बर २६- ज्ञानप्रसाद खनाल (नेकपा एमाले)
वडा नम्बर २७- रामबहादुर भण्डारी (नेपाली काँग्रेस)
वडा नम्बर २८- डण्डपाणि रिजाल (नेकपा एमाले)
वडा नम्बर २९- बहादुर गुरुङ (नेपाली काँग्रेस)