भरतपुर, ९ जेठ ।
भरतपुर महानगरपालिका-२५ मा नेपाली काँग्रेसबाट बागी उम्मेद्वारी दिएका छविलाल सापकोटा विजयी भएका छन् ।
गठबन्धनबाट आफ्नो वडा माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै कक चुनाव चिन्ह लिएर उठेका सापकोटा विजयी भएका हुन् ।
सापकोटाले नेकपा एमालेका निकटतम प्रतिद्वन्दी कमलबहादुर गोदारलाई पछि पार्दै विजयी भएका हुन् । यस्तै अर्का प्रतिद्वन्दी नेकपा माओवादीका विजयकुमार भुजेल पनि प्रतिस्पर्धामा थिए । भुजेल निवर्तमान वडाध्यक्ष हुन् ।