भरतपुर, ९ जेठ ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले झण्डै १० हजारको मतान्तरसहित अग्रता कायम गरेकी छन् । मतगणना अन्तिम चरणमा पुग्न थालेका बेला एमालेका विजय सुवेदीसँग रेनुको मतान्तर ९ हजार ८७२ पुगेको हो ।
अहिलेसम्म १ लाख ८ हजार ४५ मतगणना हुँदा रेनुले ४३ हजार ४ सय ५४ मत पाएकी छन् । एमालेका सुवेदीले ३३ हजार ६ सय १० मत पाएका छन् ।
बागी उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३ सय ३० मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४४ हजार ८ सय २८ मत पाएर अग्रता कायम गरेका छन् भने राप्रपाकी हिमला गुरुङले २६ हजार ६ सय १५ मत पाएकी छन् ।
यहाँ पाँच दलीय सत्ता गठबन्धनसँग एमाले–राप्रपा तालमेल गरेर भिडेका थिए ।