हेटौंडा, ७ जेठ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामा निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी लामाले २३ हजार ७५ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अनन्ततप्रसाद पौडेलले २० हजार ९०८ मत ल्याएका छन् । यस्तै‚ राप्रपाको दीपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानिया ३२ हजार ५९३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेाले २३ हजार ९०९ मत ल्याएकी छन् ।
राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ८८७ मत ल्याएको मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।