भरतपुर, ७ जेठ ।
भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले ५ हजार १८ मतको अग्रता बनाएकी हुन् ।
कुल ६९ हजार ६१२ मत गणना हुँदा रेनुले २७ हजार ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २२ हजार ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४१४ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २९ हजार १३२ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार १६६ मत पाएका छन् ।