चितवन, ६ जेठ ।
राप्ती नगरपालिकाको प्रमुख तथा उपप्रमुख सहित १३ वटै वडामा जनप्रतिनिधिको टुंगो लागेको छ ।
शुक्रबार सकिएको मतगणना अनुसार नेकपा एकीकृत समाजवादीका शमशेर लामा प्रमुख पदमा निर्वाचित भए । उनले १२ हजार ५२४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द कँडेलले १२ हजार ५१ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा निर्वाचित भएका नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्र लामाले १२ हजार ६८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत मात्र ल्याउन सकिन् ।
राप्तीको वडा नम्बर १,२,३,४,५,६,८, र ९ मा एमाले, वडा नम्बर १०, १२ र १३ मा काँग्रेस, वडा नम्बर ११ मा नेकपा एस र वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
राप्ती नगरपालिका वडा न. १ मा सिद्धिलाल स्याङ्गताङ्ग, वडा नं २ मा श्यामसुन्दर उप्रेती , वडा नं ३ मा शिवकान्त वली , वडा नं ४ मा केदार आचार्य , वडा नं ५ सिताराम वल , वडा न. ६ मा जल्लु महतो थारु , वडा न. ७ मा सुमिता डल्लाकोटी , वडा नं ८ मा पूर्ण आचार्य , वडा नं ९ मा खड्क बहादुर तामाङ्ग , वडा नं ११ मा बुद्धि बहादुर स्याङ्गताङ्ग, वडा नं १२ मा अर्जुन प्रजा र वडा न. १३ मा अशोक प्रजा विजयी भएका हुन् ।