भरतपुर, ६ जेठ ।
भरतपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार मतगणना भएको छ ।
प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २४ हजार १०७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २० हजार ३५० मत ल्याएका छन् । रेनु विजयभन्दा ३ हजार ७५७ मत अघि छन् ।
यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत पाएका छन् ।