भरतपुर, ६ जेठ ।
वैशाख ३० गते भएको स्थानीय चुनावको मतपरिणाम आउनेक्रम जारी छ । शुक्रबार बिहानसम्म ७५३ मध्ये ६१७ स्थानीय तहको अन्तिम मतपरिणाम आएको छ । यतिबेलासम्म नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले २७३ स्थानीय तह जितेको छ । अझै ५२ स्थानीय तहमा अग्रता बनाएको छ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले १७१ स्थानीय तह जितेको छ भने २५ स्थानीय तहमा अग्रता बनाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थानीय तह जितेको छ । उसले अझै १० स्थानीय तहमा अग्रता बनाएको छ । यस्तै चौथो स्थानमा रहेको जसपाले १८ मा जितेको छ भने १७ स्थानमा अग्रता बनाएको छ ।
एकीकृत समाजवादी पार्टी १४ स्थाानीय तह जितेर पाँचौ स्थानमा छ । उसले अझै ५ स्थानमा अग्रता लिइरहेको छ । छैटौं स्थानमा लोसपा रहेको छ । उसले ७ मा जित हात पारेको छ भने ५ मा अग्रता लिएको छ ।
यसैगी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, सिके राउतको जनमत पार्टी, विवेकशील साझा र स्वतन्त्र गरी उनीहरुले २३ स्थानीय तह जितेका छन् ।