चितवन, ३ जेठ ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेबाट सिद्धिलाल स्याङतान विजयी भएको छ । वडा अध्यक्षमा सिद्धिलाल स्याङतानले १५३९ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका काशीराम चालिसेले १४७२ मत ल्याएका छन् । एमालेबाट महिला वडा सदस्यमा ग्रेस तामाङले १६१७, दलित महिला सदस्यमा अन्जु सुनारले १६१७ र खुल्ला सदस्यमा एमालेबाटै राजु राईले १५२० र मोचनलाल तामाङले १५१२ मत ल्याएर विजयी भएका छन् ।
राप्तीमा अहिलेसम्म ६, ४, १२, ५, ८, ९, ७, ११, १३ र १ गरी दश वटा वडाको मतगणना सम्पन्न भएको छ । जसमा ६ वटा वडा एमाले, २ वटा वडा गठबन्धनबाट काँग्रेस, एक वटा वडा गठबन्धनबाट एकीकृत समाजवाद र एक वटा वडा स्वतन्त्रबाट (गुलाफको फुल चिन्ह) विजयी भएको छ ।
राप्तीमा दश वटा वडाको जम्मा २४०५९ मत गणना गर्दा प्रमुखमा एमालेबाट गोविन्द प्रसाद कडेलले ९६३६ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले १००६९ मत ल्याएका छन् ।
त्यसैगरी उपप्रमुखमा एमालेबाट मेनुका पाठकले ९८७२ र गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले १०२२४ मत ल्याएका छन । राप्तीमा अब वडा नम्बर २,३ र १० को मत गणना गर्न बाकी रहेको छ । अब वडा नम्बर २ को मतगणना गर्न लाग्दा हालसम्म गठबन्धन अगाडी देखिएको छ ।