भरतपुर, ५ जेठ
सबैको चासो र चर्चामा रहेको भरतपुर भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता निरन्तर बढाइरहेकी छन् ।
हालसम्म गणना भएको ३८ हजार ८ सय ६४ मतमध्ये रेनुले १४ हजार ७ सय ६६ मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई एमाले गठबन्धनका विजय सुवेदीले ११ हजार ७ सय ६५ मत ल्याएर पछ्याइरेहका छन्। बिहान सबा ७ बजेको अद्यावधिक परिणामअनुसार रेनु ३ हजार १ मतले अगाडि छिन् ।
बाँकी कैयौँ वडाहरूले अझै यो मतान्तर बढाउने अनुमान गरिएको छ । अहिले वडा नम्बर ९ को गणना जारी छ । यसमा नेकपा एकीकृत समाजवादीलाई राम्रो मत आइरहेको छ । समाजवादी पनि गठबन्धनको एक घटक हो ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६०९० मत पाएका छन्।
यस्तै उपिमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले १७ हजार ९६ मतसहित अग्रता बढाउँदै लगेका छन्।
एमालेसँग तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ९ हजार ५०१ मत पाएकी छन् ।