भरतपुर, ५ जेठ ।
नेकपा माओवादी केन्द्रले उपमहानगरपालिकामा पहिलो जीत निकालेको छ ।
बाराको जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका हुन् ।
उनले १८ हजार ७ सय ४३ मत ल्याए । एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याइन् ।
पौडेल २०७४ मा प्रमुख पदमै पराजित भएका थिए । त्यसबेला माओवादी केन्द्रले १० वडा जितेको थियो ।
यस्तै उपप्रमुखमा भने एमालेका भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले गठबन्धनकी साझा उम्मेदवार मेघा शाहीलाई पराजित गरे ।