३१ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । प्रदेश नम्बर ३, ४ र ६ प्रदेशका ३४ जिल्लाका २८१ वटा स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न आइतबार निर्वाचन भएको हो । उक्त प्रदेशका दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भएकाले आइतबार २८१ तहमा निर्वाचन भएको हो ।
बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको थियो । तर, पाँच बजेभित्र मतदानस्थलमा छिरेका मतदाताले भने मतदान गर्न पाउनेछन् ।
दोलखाका केही स्थानलाई छाडेर भन्ने हो भने आइतबार भएको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । मतगणना आइतबारबाटै गर्ने तयारी गरिएको छ ।
एक दुईवटा केन्द्रको मतदान स्थगित भएपनि बाँकी केन्द्रमा शान्तपूर्ण र व्यवस्थित तथा उत्साहजनक रुपमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी भरतपुर महानगरपालिकाको मतपेटिका भरतपुर स्थित कभर्ड हलमा र गैंडाकोट नगरपालिकाको मतपेटिका गैंडाकोट स्वास्थ्य चौकीमा राखिने भएको छ । मतगणना भोली बिहानबाट मात्रै गरिने छ ।