चितवन ,असोज २५ / सुरेन कुवँर । सनराईज बैंक लिमिटेड भरतपुर शाखा र नारयणगढले आफ्नो १० औ बार्षिक उत्सवको अवसरमा संयुक्त रुपमा प्रभातफेरी निकालेको छ । भरतपुर शाखाबाट सुरु भएको प्रभातफेरी बजारको विभिन्न ठाउको परिक्रमा गरेको थियो । प्रभातफेरी कार्यक्रमको उद्घाटन भरतपुर तथा नारायणगढ शाखाका प्रबन्धक दोय देव चन्द्र भट्ट र प्रकाश वोस्तीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमो सुभारम्भ गर्नु भएको थियो । भरतपुरको हामिकचोकबाट सुरु भएको उक्त ¥यालीले स्याउली बजार , बालमन्मिर चोक ,हस्पिल रोड , क्षेत्रपुर ,लिलाचोक ,मिलनरोड हुदै नारायणगढ शाखा लाईन्सचोकमा गएर समापन गरिएको थियो । हामी संग सगै भन्ने नाराका साथ आफ्नो सेवालाई अगाडी बढाई रहेको बैकले आफ्नो सेवालाई थप स्तरीय बनाउदै लैजाने जानकारी गराएको थियो । सो अवसरमा नारायणगढ तथा भरतपुर शाखाका कर्मचारीले बैंकको नारा लेखिएको प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए । दुबै शाखाका ३० भन्दा बढी कर्मचारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । बैकको नेपालभर ७० शाखा तथा एक दर्जन बढी एक्सेनसन काउन्टरहरु संचालनमा छन् ।
सनराईज बैंक भरतपुर र नारयणगढले आफ्नो १० औ बार्षिक उत्सवमा प्रभातफेरी
सनराईज बैंक भरतपुर र नारयणगढले आफ्नो १० औ बार्षिक उत्सवमा प्रभातफेरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस