२७ असोज ।विश्व क्रिकेट लिग च्याम्पियनसिपको अर्को श्रृंखलाअन्तर्गत नेपालले शुक्रबार हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा घरेलु टोलीवरुद्ध खेल्दैछ ।
दुवै टिम विश्वकप छनोटमा स्थान बनाउनका लागि खेल जित्न आतुर छन् ।
खेलको अघिल्लो दिन नेपालाई एउटा झड्का लागेको छ, शरद भेषावकर नखेल्ने । हङकङ पुगेपछि ज्वरो आएका कारण नेपाली टोलीका भरपर्दा ब्याट्सम्यानले दुवै खेल गुमाएका छन् र नरेश बुढायरलाई टिममा बोलाइएको छ ।
यद्यपि हङकङविरुद्ध उत्रँदा नेपाली टोली मनोवैज्ञानिकरुपमा केही माथि हुनेछ । किनकि मार्च २०१७ मा एसीसी इमर्जिङ टिम्स कपमा राइनोजले हङकङलाई ७ विकेटले हराएको थियो । तर, यस फाइदा यो तथ्यको तुलनामा कमजोर रहनेछ कि हङकङ घरमै परिचित मैदानमा खेल्दैछ । कप्तान पारस खड्का र सन्दीप लामिछानेबाहेक बाँकीले पहिलोपटक हङकङमा खेल्दैछन् ।
नेपाल र हङकङबीचको प्रतिद्वन्द्विता २००० देखि सुरु भएको हो । यूएईमा भएको एसीसी ट्रफीमा हङकङले नेपाललाई १७९ रनको ठूलो स्कोरमा हराएको थियो । त्यसैगरी इन्टर कन्टिनेन्टल कप २००५ को क्रममा नेपालले हङकङको होममा तीन दिवसीय वान डे प्रतियोगिता खेलेको थियो । वर्षाले प्रभावित त्यस खेल बराबरीमा सकिएको थियो ।