भरतपुर, १२ माघ ।
बेलायतले कोरोना भाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिबन्धात्मक व्यवस्था हटाउने भएको छ ।
आगामी फेब्रुअरी ११ देखि सबै प्रतिवन्धात्मक व्यवस्था हटाउने निर्णय हुने अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रतिबन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अब खुला हुने भएको छ । तर, ती यात्रुहरूले खोपको पूरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ ।
यातायात विभाग र स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रुअरी ११ तारिखको विहान ४ बजेदेखि सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको हो ।
पूरा मात्रा खोप लगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पीसीआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी १२ बर्षदेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई भने इंग्ल्याण्डमा हिँडडुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।
यात्रासम्वन्धी धेरै नीति फेब्रुअरीदेखि परिवर्तन हुने भएको छ । यही बेलामा सरकारले सवैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।