भरतपुर, १ माघ
काेभिड-१९ काे संक्रमण दर डरलाग्दो गरी उकालाे लाग्न थालेपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे छ ।
अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरी जिल्लामा संक्रमण दर अत्यधिक बढेकाे उल्लेख गर्दै यसलाई ‘काेभिड-१९ काे उच्च प्रकाेप’ भनेकाे छ ।
“काठमाडौंकाे त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएकाे तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएकाे देखिन्छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पाैडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ-“यस सन्दर्भमा सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरू अस्पताल आउने समय पछि सार्नु उपयुुक्त हुन्छ ।”
भरतपुर अस्पतालमा पछिल्लाे दुई दिनकाे परीक्षणमा देखिएकाे काेभिड पाेजिटिभ दर अति उच्च छ । अस्पतालकाे विज्ञप्तिमा जनाइएअनुसार पुस २९ गते १७२ जनाकाे परीक्षणमा ९५ जनामा पाेजिटिभ देखिएकाे थियाे । याे संख्या ५५ प्रतिशत हाे । त्यस्तै पुस ३० गतेकाे १८६ जनमा गरिएको परीक्षणमा ११५ जना पाेजिटिभ देखिएकाे छ । याे संख्या ६१.२५ प्रतिशत हुन्छ ।