नवलपरासी असोज १९ गते । दशै मनाउन ससुराली गएका नवलपरासीका एक जनाको तनहुँमा भीर बाट लडेर ज्यान गएको छ ।
दशैंमा ससुराली गाउँ रिसिगं गाउँपालिका ३ दागंसिरी गएका नवलपरासी बुलिगंटार गाउँपालिका २ डाडाँझेरी मथार का ५५ बर्षीय खम बहादुर रानाभाटको दशैंको महाअष्टमीको दिन को राती दुबुगंको भीरबाट खसेर ज्यान गएको तनहुँका प्रहरी उपरीक्षक उमेश राज जोशीले बताउनुभयो ।
बुलिगंटार गाउँपालिका २ डाडाँझेरी मथारका ५५ बर्षीय खम बहादुर रानाभाट ससुराली गाउँ तनहुँको रिरिगं गाउँपालिका ३ दागंसिरी गएका थिए ।ससुराली गाउँ नपुग्दै उनी भीर बाट खसेका थिए । तीन दिन पछि खोजतलाश गर्दा बाटो बाट पाँच सय मीटर तल भीरमा अडकिएको अबस्थामा रानाभाटको शब स्थानीयले फेला पारेका थिए ।
स्थानीयका अनुसार रानाभाटले अत्यधिक मदिरा सेबन गरेका कारण भरि बाट लडेर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । रानाभाट को दमौलीमा पोष्टमार्टम पछि अन्तेष्टी गरिएको रानाभाटका भाई शालिकराम रानाभाटले बताउनुभयो ।
घटना सुनियोजित हुन सक्ने भन्दै घरपरिबारले सो घटनाका बारेमा सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् ।