भरतपुर, २५ पुस ।
माघ ३ गतेदेखि आन्तरिक हवाइ यात्रुले पनि कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । आइतबार बसेको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को बैठकले आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध हुने व्यवस्था मिलाउन सिफारिस गरेको छ ।
सीसीएमसीसीको सीफारिसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त व्यवास्था गर्नेछ ।
सीसीएमसीसीले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड कम हुने गरी उडान तालिका बनाउन पनि मन्त्रालयललाई सिफारिस गरेको छ ।
राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ ।
समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । बैठकले जिल्लाको अवस्था हेरे थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।