भरतपुर, २५ पुस ।
सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।
आइतबार बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।
त्यस्तै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
ओमिक्रोन भेरियन्टको चेनब्रेक गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार अहिले धेरैजसो विद्यालयमा हिउँदको बिदा भएकाले पनि विद्यालय बन्द गर्ने निर्णय लिइएको हो ।