चितवन, ३१ बैशाख । माओवादी केन्द्रका विरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा एमालेका वडा नं ६ का वडासदस्यका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। अनुसन्धानपछि उनीहरुलाई निर्वाचनका लागि आज छाडिने बताए।
अहिले चितवनमा जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ। रासस