काठमाडौं, २९ मंसिर ।
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने सरकारकाे निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सिलवाललाई १ कात्तिकको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि उनले त्यसबिरुद्ध कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।