गैंडाकोट, २९ मंसिर ।
त्रिमूर्ति विद्या मन्दिर गैंडाकोटका विद्यार्थीहरूले सिर्जनात्मक क्रियाकलाप अन्तर्गत कविता कथा लेखन र चित्र कोर्ने अभ्यास थालेका छन् । उनीहरूले बालपत्रिका मुनामा समावेश भएका सामग्रीहरू अध्ययन गरेर त्यसैलाई पछ्याउँदै आफैले सिर्जना गर्न लागेका हुन् ।
विद्यालयमा नेपाली बिषय अध्यापन गराउने शिक्षक खेमराज जोशीले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई मुना बालपत्रिका पढ्न अनुरोध गर्दै उनीहरूलाई सिर्जनात्मक क्रियाकलापमा सक्रियता देखाउन आग्रह गरेका छन् ।
नेपाली बिसयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई उनीहरुको सिर्जनात्मक क्षमता बढाउन हौसला प्रदान गर्दै शिक्षक जोशीले उपहारस्वरूप मुना उपलब्ध गराएका हुन् । यस किसिमको अभ्यासले विद्यार्थीमा उत्साह र सिर्जनात्मक क्षमता बढ्ने विद्यालयका सहायक प्राचार्य राजेश खनालले बताए ।