देवराज कँडेल
निर्देशक, ई–प्लानेट
अष्ट्रेलिया विश्वभरका मानिसको आकर्षणको केन्द्र बनेको छ । सहज जीवनयापन गर्ने वा उच्च शिक्षाका लागि अष्ट्रेलिया जानेको संख्या पनि उकालो लाग्दैछ । नेपालबाट पनि विद्यार्थी अष्ट्रेलिया जाने बढ्दै गएका छन् । नेपालबाट मात्रै नभई अमेरिका, युरोपसमेतबाट समेत पढ्न अष्ट्रेलिया आउने गर्छन् ।
ई–प्लानेट १३ वर्षअघि सञ्चालनमा आएको हो । मुख्य कार्यालय काठमाडौंको बागबजारमा छ । चितवन, कावासोती र बुटवलमा समेत शाखा छ । अष्ट्रेलियामा पनि ३ शाखा छन् । चितवनको शाखा शहीदचोकस्थित कृष्ण प्लाजाको दोस्रो तलामा छ । अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीलाई मात्रै लक्षित गरी ई–प्लानेट सञ्चालनमा छ । हजारौँ विद्यार्थी अष्ट्रेलिया पढ्न जानेलाई उचित परामर्श दिइसकेका छौँ ।
उचित परामर्शकै कारण हामी मार्फत गएका विद्यार्थी सन्तुष्ट छन् । उनीहरुको खुसी तथा सफलतामा हामी पनि हर्षित छौँ । म ११ वर्षदेखि अष्ट्रेलिया बस्दै आएको छु । बेलाबखत चितवन आउने गरेको छु । शैक्षिक संस्था, वातावरण र अवसरबारे प्रत्यक्ष अनुभूति लिएको छु । म सुरुमा पढाइका सिलसिलामा अष्ट्रेलिया पुग्दा मैले पनि समस्या भोग्नुप¥यो । त्यहाँ पुगेर अन्यौलमा परेका नेपाली विद्यार्थीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । गलत परामर्शले विद्यार्थी ठगिने, अन्यौलमा पर्ने समस्या चिरफार गर्नुपर्छ भनेर ममा शैक्षिक परामर्श व्यवसाय चलाउने सोच आएको हो । चितवनमा शाखा सञ्चालनमा आएपछि यस आसपासका विद्यार्थीले ठूलो राहतको महसुस गरे । हामीसँग अष्ट्रेलियाको वस्तुस्थिति बुझेका, घुमेका र अष्ट्रेलिययन मान्यताप्राप्त काउन्सिलर(परामर्शदाता) छन् ।
अष्ट्रेलिया नै किन ?
अष्ट्रेलिया विश्वभरकै शैक्षिक गन्तव्यका रुपमा विकास भइरहेको छ । स्नातक वा स्नातकोत्तरको अध्ययन सकेका विद्यार्थीले ‘पोष्ट स्टडी वर्क’ पाउँछन् । पढाइ पूरा गरेपछि पूरै समय काम गरेर अध्ययन गर्दाको लगानी उठाउन सक्छन् । जसले अष्ट्रेलिया धेरैको रोजाइँमा पर्न थालेको हो । स्थायी बसोबास(पीआर) पनि पाउँछन् । नर्सिङ, आईटी र अकाउन्टिङ विषयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पीआर लिन सहज बनाउँछ । तर, पीआर लिन सुरुमा कामभन्दा बढी समय अध्ययनमा लगाउनुपर्छ । विद्यार्थी लगातार फेल भएमा पीआर लिन धेरै मुस्किल पर्छ । अन्तर्राष्ट्रिय विद्यार्थीले पढाइसँगै सातामा २० घण्टा काम गर्ने अनुमति पाउँछन् । तर, गैरकानूनीरुपमा काममा बढी समय व्यतित गर्दा पढाइमा असफलता आइलाग्छ ।
पुनः भर्ना गर्नुपर्दा बढी आर्थिक व्यवहारको समाना गर्नुपर्ने हुन्छ । अष्ट्रेलियाको अध्ययन अनतर्राष्ट्रियस्तरमा मान्यता प्राप्त छ । करिअर बनाउन सहज छ । भिसा नियम पालना अत्यावश्यक हुन्छ । रोजगारीका अवसर थुप्रै छन् । पढाइअनुसारका काम गर्न सकिन्छ । विशेष कोर्सबाहेक प्रायः जुनसुकै पृष्ठभूमिका विद्यार्थीले जुनसुकै कोर्स अध्ययन गर्न सक्छन् । भाषा परीक्षा आईईएलटीएसमा कम्तीमा ६.५ आएमा राम्रो मानिन्छ । तर, विश्वविद्यालय र कलेजअनुसार भाषा परीक्षाको मार्क फरक हुनसक्छ ।
कस्तो छ अष्ट्रेलिया ?
नेपाल र अष्ट्रेलियाको हावापानी लगभग उल्टो छ । यहाँ गर्मी हुँदा त्यहाँ जाडो हुन्छ । अहिले यहाँ जाडो सुरु हुँदै छ, त्यहाँ गर्मी सुरु हुँदैछ । उता सातामा दुई दिन विदा हुन्छ । हप्ताका आधारमा तलब पाइन्छ ।
विदाका दिनमा गर्ने कामको तलब केही बढी हुन्छ । नेपाली समय र त्यहाँको समय ४–५ घण्टा फरक छ । यहाँका प्रायः शहरमा नेपालीको उपस्थिति बाक्लिदो छ । सिड्नी, मेलवर्न, एडिलेड, पर्थलगायत शहरमा पढ्न जाने नेपाली धेरै छन् । मुख्य व्यवसाय पर्यटन भएकाले किचन, कुक, वेटर्सलगाय सीप लिएर जानेले काम पाउन सहज हुन्छ । यहाँ शान्ति सुरक्षा मजबुत छ । सफा, सुन्दर छ । यहाँ सबै शहरका कलेज, युनिर्भसिटी चर्चित छन् ।
ई–प्लानेट किन ?
एजुकेसन प्लानेट नै ई–प्लानेट हो । स्वदेशमै अध्ययन गर्ने विद्यार्थीलाई स्वदेशमै पढ्न हामी प्रोत्साहन गर्छौँ । ई–प्लानेटले शैक्षिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । शिक्षाका लागि अष्ट्रेलियालाई नेपालसँग जोड्ने काममा हामी लागेका छौँ । गलत परामर्श दिएर विद्यार्थी झुक्याउनु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ । हामीसँग परामर्श लिन आउने विद्यार्थी र अभिभावकलाई त्यहाँको शैक्षिक अवस्था, सम्भावना र चुनौतीबारे सही परामर्श दिदै आइरहेका छौँ । शहरअनुसारको १ वर्षको बसाई खर्च, स्वास्थ्यविमा, जहाज टिकट र सुरुमा कलेजअनुसारको पहिलो समेष्टरको शैक्षिक शुल्क सुरुमा तिनुपर्छ । बैंक ब्यालेन्स कलेजले आर्थिक अवस्था बुझ्न गरेको व्यवस्था हो । विद्यार्थीको शैक्षिक नतिजाका डकुमेन्ट र भाषा परीक्षाका आधारमा डकुमेन्ट पठाएपछि कलेज वा युनिभर्सिटीले एप्लाई अस्वीकृत गरेमा अर्कोमा एप्लाई गर्न पनि सकिन्छ । तर, विद्यार्थीको चाहना र भविष्यका आधारमा यो गर्ने वा नगर्ने उचित सुझाव दिनुपर्छ ।
जेनियु टेम्पोररी इन्ट्रान्स एससमेन्टले डकुमेन्ट स्वीकृत गरेपछि बल्ल सिओई आउँछ । त्यसपछि बल्ल भिसा एप्लाई हुन्छ । डकुमेन्ट, फी सबै अनलाइनबाटै हुन्छ । कलेजको अफर लेटर नआउँदासम्म नगण्य खर्च हुन्छ । वित्तीय अवस्था तेस्रो मापनका रुपमा हेरिन्छ । यो कलेजले हेर्ने विषय हो । चितवनमा धेरै नर्सीङका विद्यार्थी छन् । पिसिएल नर्सीङ गरेका विद्यार्थी २ वर्षमा व्याचलर तहको अध्ययन गर्न बढी अष्ट्रेलिया जाने गर्छन् । त्यहाँका कलेजले राम्रा अवसर दिने गरेका छन् । शुल्क, शैक्षिक नतिजा, रोजगारीका अवसरका आधारमा कलेज छनौट गर्न हामीले परामर्श दिने गछौँ । नर्सिङ, हस्पिटालिटी म्यानेजमेन्ट, विजनेस म्यानेजमेन्ट, आइटी, ईञ्जिनियरिङ पढ्न जाने विद्यार्थी नै बढी छन् ।
केही कलेजले उत्कृष्ट विद्यार्थीलाई १५ देखि ३० प्रतिशतसम्म छात्रवृत्तिसमेत दिन्छन् । हामी ६० वटा कलेज तथा युनिभर्सिटीसँग प्रत्यक्ष सहकार्य गरेका छौँ । यी कलेजका विशेषताबारे हामीले जानकारी दिने गरेका छौँ । हाम्रो परामर्श हचुवाका भरमा हँुदैनन् । हामीमार्फत प्रोसेस गरेका विद्यार्थीको भिसा रेट बढी हुने गरेको छ । हामीले दिने सेवा नै प्रभावकारी भएर धेरै विद्यार्थी हामीसँग परामर्श लिन आइपुग्छन् । ठगिने, अल्मलिने चिन्ता विद्यार्थीमा छैनन् । ई–प्लानेट विश्वसनीय शैक्षिक परामर्श संस्था हो । हामीले भाषा तयारी कक्षा सञ्चालन गर्दै आएका छौँ । भिसा एप्लाईको तयारी गरेका विद्यार्थी अक्टोबर र नोभेम्बर सेसनका लागि जाँदैछन् । यो अवधिमा भिसा पाउन नसके फेब्रुअरीका लायि नयाँ सेसन सुरु हुन्छ ।