कावासोती, २५ मंसिर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनले ३ वर्षका लागि चन्दा गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा राजन थकाली, सचिवमा टोलबहादुर रानामगर, कोषाध्यक्षमा यामु कुमाल र सहसचिवमा कृष्णमाया थापा सर्वसम्मत चयन भएका हुन् ।
सदस्यहरुमा खेमनारायण महतो, शिला गुरुङ, तेजेन्द्र राना, पूजा गुरुङ , टेकबहादुर रजाली, भीमबहादुर राना, यामबहादुर सोमै र चन्द्राकुमारी महतो रहेका छन् ।
यस्तैगरी केन्द्रीय पार्सदमा केवी राना, रामकुमार श्रेष्ठ, अशिफ गुरुङ, सूर्यकुमारी महतो र प्रेमध्वज गाहा रहेका छन् । प्रदेश पार्सदमा जीतनारायण थनेत, शारदा झेडी, टोपबहादुर राना, दीपेन्द्र थापा, प्रितम भुजेल, शारदा श्रेष्ठ, मनिराम थनेत र सविता गुरुङ रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै फोनिज नवलपुर शाखाका निवर्तमान अध्यक्ष अशिफ गुरुङले आदिवासी जनजातिका आवाज बुलन्द हुने तवरबाट जनजाति पत्रकार लाग्नु पर्ने बताए ।
शनिबार कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार गृहमा आवद्ध जनजाति पत्रकारको उपस्थिति रहेको थियो ।