नेपाली समाजमा राजनीतिको कुरा गर्दा जहिले पनि ‘युवाहरू राजनीतिमा लाग्नुपर्छ’ भन्ने चर्चित संवाद आउँछ। के साँच्चै नेपाली युवाहरु राजनीतिमा लागेका छैनन् ?
विगतको सन्दर्भ लिने हो भने नेपालमा राजनीतिक सुधार सुरु भएदेखि नै विभिन्न राजनीतिक दल र सिद्धान्तहरूमा युवाहरूको सबैभन्दा ठूलो योगदान रहेको नेपालले देखेको छ । नेपालको राजनीतिक परिवर्तनका क्रममा आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका युवाहरू नै अहिले हाम्रो देशका नेता हुन् । र, उनीहरूले देशको लागि के योगदान दिए र कसरी देशको नेतृत्व गरिरहेका छन् भन्ने दृश्य स्पष्ट छ । उनीहरुले पनि आफ्नो कलेज जीवनबाट राजनीति सुरु गरेका थिए र उनीहरुको उपलब्धी यहीँ हो जुनबाट हामी अहिले गुज्रिरहेका छौँ ।
अहिलेको अवस्थामा आएर कुनै पनि राजनीतिक दलका जुलुस र कार्यक्रम हेर्दा ८० प्रतिशत जनसङ्ख्या युवा समूहको हुन्छ । विभिन्न राजनीतिक दल र विभिन्न विद्यार्थी युनियनहरूमा युवाहरूको भीड लागेको छ । राजनीतिमा युवाहरूको सङ्ख्या धेरै देखिनु राम्रो हो, तर पनि ‘युवाहरू राजनीतिमा लाग्नुपर्छ’ भनाइ राखेर राजनीतिक बहस निरन्तरता दिइरहेका छौँ । किनभने सानै उमेरदेखि राजनीतिक करियर सुरु गरेका नेताहरुको आजको अवस्था देखेर हाम्रो देशको राजनीतिक संस्कृतिबारे राम्ररी थाहा भइसकेको छ। आजका युवालाई त्यही राजनीतिक संस्कृतिमा राजनिती सिकाएर ३ दशकपछिको हाम्रो देशको दृश्य स्पष्ट रूपमा देखाउन सकिन्छ ।
एउटा कार्यक्रममा संयोगवश एउटी साथिसँग भेट भयो, जसले आफू राजनीतिमा लागेको र एउटा विद्यार्थी युनियनको नगरपालिका समितिकी उपाध्यक्ष हुँ बताइरहेकी थिइन् । अचम्मको कुरा, उनी आफू बसेको नगरपालिका जुनमा उनि विद्यार्थी युनियनको नगरपालिका कमिटीकी उपाध्यक्ष थिइन्, त्यस पालिकाको मेयरको नाम उसलाइ थाहा थिएन । नेपालको “राजनीतिमा युवा” को अवस्था बारे यो प्रष्ट उदाहरण हो।
युवाहरू नयाँ विचार र फरक दृष्टिकोणले भरिएका छन् । राजनीतिक संसारलाई अगाडि बढाउन युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। आफ्नो विचार व्यक्त गरेर उनीहरूले सरकारलाई आजको पुस्ताका लागि आवश्यक परिवर्तन ल्याउन बाध्य पार्न सक्छन्। राजनितीमा युवाको सहभागिता मात्रै होइन अब नेतृत्वमै आउन आवश्यक भइसकेको छ । ३५ वर्षभन्दा कम उमेरका राजनीतिज्ञहरू मात्रै महत्वपूर्ण स्थानमा छन्, त्यसैले युवाहरूको आवश्यकतालाई पहिलेजस्तो सम्बोधन गरिएको छैन। एउटै पुराना विचार र पुराना राजनीतिले देश कहिल्यै अघि बढ्न सक्दैन । राजनीतिमा लागेका युवाहरूलाई हामीले कदर गर्नुपर्छ, तर जुन संस्कृतिमा राजनीति सिकिरहेका छन्, त्यसले कहिल्यै परिवर्तन गर्दैन।
देशको व्यवस्था, अर्थतन्त्र, मौद्रिक नीति, परराष्ट्र नीति, कूटनीतिक नीतिलगायत देशका मुख्य अंगका बारेमा अनभिज्ञ युवाले राजनीतिमा परिवर्तन ल्याउन सक्दैनन् । युवाहरूको राजनीतिक भविष्य सुरु गर्नको लागि राम्रो प्लेटफर्म बनेको विद्यार्थी युनियनहरू यसका लागि जिम्मेवार हुनुपर्छ। यहाँ विद्यार्थी युनियनले युवालाई ¥याली र हड्ताल गर्न, टायर बाल्न, ढुङ्गा हान्न र नेताको नाममा जिन्दाबाद भन्न सिकाउँछन्, जुन सरासर गलत राजनीतिक अभ्यास हो । विद्यार्थी युनियनले विभिन्न कलेजमा कमिटी बनाएर त्यही गलत अभ्यास सिकाउँछन् । विद्यार्थी युनियनहरूले एउटा युवालाई राजनीतिक रूपमा चेतना दिने जिम्मेवारी लिनुपर्छ र उनीहरूलाई राजनीतिक नेताको नाम सिकाउनुभन्दा देश र प्रणालीका सबै पक्षहरू सिकाउनुपर्छ। यो टायर बालेर र ढुङ्गा हानेर परिवर्तन ल्याउने युग होइन, यसबाट आएका नेताहरुको अवस्था देखेका छौं, यो विचार र तर्कको युग हो ।
राजनीति भनेको सार्वजनिक मामिला र सार्वजनिक जिम्मेवारी हो। विश्व र राष्ट्रमा प्रकट हुने दैनिक घटना, प्रक्रिया र कार्यहरूको उनीहरूको अनुभवले राजनीतिको प्रणालीगत समझलाई आकार दिन्छ र उनीहरूलाई संवैधानिक दृष्टिकोण र वास्तविक जीवनको अवस्थाबीचको खाडल उजागर गर्दछ। त्यसैले युवाहरु राजनीतिमा लाग्नुपर्छ । नेपालको युवा नेतृत्वलाई दूरदृष्टि, प्रसंगगत नीति, प्रतिनिधित्व र संगठनात्मक शक्तिले परिभाषित गर्ने हो भने डरलाग्दो मन्दी र सपना टुटेको छ । सार्वजनिक नैतिकता र इमान्दारीतामा विश्वास नगरी शक्ति र नाफाको साधनीय गणनामा आधारित राजनीतिले स्वार्थ मात्र जन्माउँछ र उनीहरूलाई चरित्र र इच्छाको विविधता अनुसार काम गर्न अक्षम बनाउँछ। यस सन्दर्भमा शिक्षा, जागिर, स्वास्थ्य, तालिम, नेतृत्वलगायतका विषयहरूमा ठोस नीतिगत विषयवस्तु र अभिव्यक्तिविहीन दुवैले राजनीतिक समाजीकरणको एउटै प्रकृतिको आदानप्रदान गरेमा पुरानो र नयाँ पुस्ताबीचको भिन्नता अप्रासंगिक हुन्छ। तसर्थ, राजनीतिक संस्कृतिमा परिवर्तनले राजनीतिमा थप सक्षम युवाहरूलाई नेतृत्व गर्न र आकर्षित गर्न सक्छ जसले वास्तविक परिवर्तन ल्याउन सक्छ।