भरतपुर, ९ मंसिर (कायाकैरन)
भरतपुर महानगरपालिका–११ मा अवस्थित नारायणी इङ्लीस पब्लिक स्कुलले शैक्षिक सत्र २०७८ का लागि चुनावी प्रक्रियाद्वारा स्कुल क्याप्टेन र भाइस क्याप्टेनको छनोट गरेको छ ।
कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने करिब ५०० जना विद्यार्थीले मतदान कार्यक्रममा सहभागिता जनाएका थिए । स्कुल क्याप्टेनका लागि ५ जना र भाइस क्याप्टेनका लागि ८ जनाको प्रतिस्पर्धी रहेको उक्त चुनावी कार्यक्रममा २०५ मत प्राप्त गरी सन्दीप पौडेल स्कुल क्याप्टेनमा विजयी भएका छन् ।
त्यस्तै भाइस क्याप्टेनमा २१७ मत प्राप्त गरी सफल पराजुली बिजयी भएका छन् । बदर मत ३४ रहेको थियो । प्रजातन्त्रमा चुनावी प्रक्रिया कसरी हुन्छ ? मतदान कसरी गर्ने ? आफूले चाहेको प्रतिनिधि कसरी छनोट गर्ने ? भन्ने जस्ता विषयमा विद्यार्थीहरुलाई अनुभवी र दक्ष बनाउन चुनावी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य वेदराज न्यौपानेले जानकारी दिए ।
विगतका वर्षमा पनि स्कुल क्याप्टेन र भाइस क्याप्टेनको चुनाव गरेको र यसलाई यस वर्ष पनि निरन्तरता दिएको कार्यक्रमका संयोजक एवं सामाजिक विभाग प्रमुख बृजलाल चौधरीले जानकारी गराए ।